Sagun Khabar
अछामबाट सुत्केरीको निःशुल्क हवाइ उद्धार
Bhulu__Achham__Hawai_Uddar.jpg
स्वास्थ्य सन्देश
Atrya hospital

अछाम- सुत्केरी व्यथा लागेको तीन दिनसम्म बच्चा पाउन नसकेकी अछामको तुर्माखाँद गाउँपालिका–२ भुलुकी एक महिलाको निःशुल्क हवाइ उद्धार गरिएको छ । अछामकै विकट मानिएको भुलु निवासी २० वर्षीया कृष्णा विकको शुक्रबार नेपाली सेनाको हेलिकप्टरबाट हवाइ उद्धार गरेर सुर्खेत प्रादेशिक अस्पताल पुगाइएको हो ।

सुत्केरी हुन नसकेको खबर पाए लगत्तै समन्वय गरेर निःशुल्क हवाइ उद्धार गरेर ज्यान खतरामुक्त गराएको तुर्माखाँद गाउँपालिका अध्यक्ष डम्बर बीसीले जानकारी दिए । कृष्णाले प्रादेशिक अस्पताल सुर्खेतमा प्रविधिको प्रयोग गरेर बच्चालाई जन्म दिएकी छन्।

प्रकाशित मिति: शनिबार, साउन ७, २०७९  १२:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update