Sagun Khabar
अछाममा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु
स्वास्थ्य सन्देश
Atrya hospital

अछाम- अछाममा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ । गएराति जिल्लाको तुर्माखाँद गाउँपालिका–२ भुलुका अमर विष्टको घर पहिरोले पुरिँदा तीन जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा अमरकी ४५ वर्षीया भाउजू हरिकला, अन्दाजी २५ वर्षीय भाइ वीरेन्द्र र १५ वर्षीय भतिज संविधान विष्ट रहेका जिल्ला प्रहरी कार्यालय बझाङले बताएको छ ।

पहिरोमा परी अमरकी ६५ वर्षीया आमा नैना विष्ट पनि घाइते भएकी र उनको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको बताइएको छ । 

प्रकाशित मिति: सोमबार, साउन ९, २०७९  ०९:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update