Sagun Khabar
अछाममा थपिए चार हजार मतदाता 

अछाम –आगामी मंसिर ४ गते तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अछाममा ४ हजार ८० मतदाता  थपिएका छन् । स्थानीय तहको निर्वाचन पछि असार र साउन महिनाको १९ गते सम्म अछाममा २ हजार २ सय ७० जना पुरुष तथा १ हजार ८ सय १० महिला गरी कूल ४ हजार ८० जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका हुन् । 

नयाँ मतदाता थपिएपछि अछाममा कूल मतदाताको संख्या १ लाख ६० हजार ३ सय ६०  पुगेको छ । जिल्लामा मतदान स्थल १ सय ३० तथा मतदान केन्द्र २०७ रहेको निर्वाचन कार्यालय अछामले जनाएको छ ।
 

प्रकाशित मिति: बुधबार, साउन २५, २०७९  १३:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update