Sagun Khabar
अछामका एक कैदीको सेती अस्पतालमा मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

अछाम – धनगढीको सेती अस्पतालमा जिल्ला कारागार अछाममा कैद भुक्तान गरिरहेका एक कैदीको मृत्यु भएको छ । मंगलसेन नगरपालिका–५ का बेदराज भाटको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी निरीक्षक कैलाश सिंह विष्टले जानकारी दिए । 

भदौ २ मा कारागार चलान भएका ३५ वर्षीय भाटको स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि सेती प्रादेशिक अस्पताल भर्ना गरिएको थियो । 

जबर्जस्ती करणीको मुद्दामा जिल्ला अदालत अछामले भाटविरुद्ध १० वर्ष ३ महिना ८ दिनको कैद सजायको फैसला गरेको थियो । 
 

प्रकाशित मिति: मंगलबार, भदौ ७, २०७९  १४:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update