Sagun Khabar
अछाममा सासुमाथि कुटपीट गर्ने दुई बुहारी पक्राउ 
स्वास्थ्य सन्देश
Atrya hospital

अछाम –अछाममा एक वृद्ध महिलालाई कोठाभित्र थुनेर कुटपिट गरेको आरोपमा २ जना पक्राउ परेका छन् । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–६ की अन्दाजी ५० वर्षीया जैसरा न्यौपानेलाई कुटपिट गरेको आरोपमा उनकै दुई बुहारीहरु पक्राउ परेका हुन् । 

घटनाको अनुसन्धानका लागि कुटपिटमा संलग्नलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । सासुमाथि कुटपिट गर्ने बुहारीहरुको विस्तृत विवरण भने प्रहरीले खुलाएको छैन ।  उनीहरुले अभद्र व्यवहार गर्दै कुटपिट गरेको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि यो घटना बाहिरिएको थियो । 

सार्वजनिक भएको भिडियोमा दुई महिलाले न्यौपानेलाई यातना दिदै अभद्र व्यवहार गर्दै लछारपछार गरेको देखिन्छ । स्थानीयका अनुसार मानसिक सन्तुलन ठीक नभएकी महिलाका श्रीमान पनि शारीरीक अपाङ्गता भएका व्यक्ति हुन् । 
 

प्रकाशित मिति: बुधबार, भदौ ८, २०७९  १८:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update