Sagun Khabar
पहिरोका कारण अछामका ठाउँ ठाउँमा क्षति, पहिरोमा पुरिएका ४ जनाको शव फेला पर्यो 

अछाम –तीन दिनदेखिको निरन्तरको वर्षापछि अछामका विभिन्न स्थानमा पहिरो आएको छ । पहिरोमा परेर मृत्यु भएका ४ जनाको शव फेला परेको छ भने कैयौं बेपत्ता भएका छन् ।

अछामको तुर्माखाँद, ठाँटीकाँध र ढकारीमा शुक्रबार रातिको पहिरो गएको छ । तुर्माखाँदमा पहिरोमा परी ७ जना बेपत्ता भएका छन् भने दुई घर पहिरोले बगाएको छ । तुर्माखाँदमै चार जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।

स्वास्थ्य सन्देश
Atrya hospital

यस्तै, ठाँटीकाँधको पहिरोमा ९ जना बेपत्ता भएका छन् भने दुई घर बगाएको छ । यसैगरी ढकारीमा पहिरोले एक घर बगाएको र ३ जना बेपत्ता भएको प्रहरी नायव उपरीक्षक डाँगीले बताए ।

पहिरो खसेका स्थानमा उद्धार र खोजी कार्यका लागि प्रहरी परिचालन गरिएको छ । पहिरोकै कारण विभिन्न स्थानमा सडक अवरु्द्ध भएका छन् भने बिजुली÷बत्ती र सञ्चार विच्छेद भएको बताइएको छ । 
 

प्रकाशित मिति: शनिबार, असोज १, २०७९  ०९:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update