Sagun Khabar
अछाममा पहिरोमा पुरिएका १२ जनाको शव फेला 
स्वास्थ्य सन्देश
Atrya hospital

अछाम – अछाममा पहिरोका कारण ठूलो मानवीय क्षति भएको छ । अछामको कमलबजार नगरपालिका, ढकारी गाउँपालिका र तुर्माखाँद गाउँपालिकामा पहिरोमा पुरिएर १२ जनाको मृत्यु भएको छ । 

कमलबजार नगरपालिका–६ मा पहिरोले घर पुरिदा बेपत्ता भएका ६ मध्ये ५ जनाको शव फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिए । 

यस्तै ढकारी गाउँपालिका र तुर्माखाँद गाउँपालिकामा २÷२ जनाको शव फेला परेको उनले बताए । अन्य ३ शव जिल्लाका विभिन्न स्थानमा पहिरोमा पुरिएको अवस्थामा फेला परेको उनले बताए । वेपत्ताको खोजी कार्य भइरहेको र थप विवरण आउन बाँकी रहेको उनले बताए ।
 

प्रकाशित मिति: शनिबार, असोज १, २०७९  १०:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update