Sagun Khabar
अछाम पहिरो : मृतकको संख्या १५ पुग्यो, ८ जना बेपत्ता 

अछाम –अछाममा पहिरो परी मृत्यु हुनेको संख्या १५ पुगेको छ । पहिरोमा पुरिएका १५ शव निकालिएको जिल्ला प्रशासन कार्यालय जनाएको छ ।  

कमलबजार नगरपालिकाको वडा नं ६ ठाँटीखाँदामा ७  र वडा नं.८ मा ५ जना गरी १२ जनाको शव निकालिएको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

यस्तै तुर्माखाँद गाँउपालिका ५ मा २ जना र ढकारी गाँउपालिका ६ मा एकजनाको शव भेटिएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ । 

पहिरोमा परी ८ जना बेपत्ता भएका छन् । उनीहरुको खोजी कार्य जारी रहेको निमित्त प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले बताए । 

बेपत्ता हुनेमा तुर्माखाँद गाँउपालिकाका ७ जना र ढकारी गाँउपालिकाका एक जना रहेका छन्। । तुर्माखादँमा पहिरोले २ घर पुरिएका छन् भने कलबजारमा २ घर र ढकारीमा एक घर पुरिएको छ ।

तुर्माखाँदमा पहिरोमा पुरिएका ४२ वर्षीय नेत्रबहादुर शाही, उनकी पत्नी ३५ वर्षीया मनिषा देवी शाही, १६ वर्षिया छोरी बिमला शाही, १६ वर्षिया भतिजी जानकी शाहीको शव निकालिएको स्थानीय प्रतापबहादुर शाहीले जानकारी दिए । घटनास्थलमा रहेका शाहीका अनुसार पहिरोमा पुरिएका २३ वर्षीया भावना शाही, २० वर्षीया कमला शाही, १२ वर्षिय सुन्दर शाही, ४ वर्षीया करिश्मा शाही र १ वर्षीया मेलिना शाहीको खोजी भइरहेको छ ।
 

प्रकाशित मिति: शनिबार, असोज १, २०७९  १२:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update