Sagun Khabar
अछाम पहिरो अपडेट : मृत्यु हुनेको संख्या १७ पुग्यो 

अछाम –अछामको तीनवटा पालिकामा पहिरोमा परी मृत्यु हुनेको संख्या १७ पुगेको छ । कमलबजार नगरपालिका, तुर्माखाँद र ढकारी गाउँपालिकामा पहिरोले घर पुरिँदा हालसम्म १७ जनाको शव निकालिएको निमित्त प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिए ।

कमलबजार ८ मा एकै परिवारका ५ जनाको शव  निकालिएको छ भने कमलबजार ६  ठाँटीकाँधमा बेपत्ता भएका तीनै जनाको शव फेला परेको छ उनले बताए । ठाँटीकाँधमा यसअघि निकालिएको ४ जनाको गरी ७ जनाको मृत्यु भएको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

यस्तै, तुर्माखाँद ५ मा दुई घर पुरिँदा ४ जनाको शव फेला परेको छ । अन्य ५ जना बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै ढकारी गाउँपालिका ६ मा पहिरोले पुरिएर १ जनाको मृत्यु भएको छ भने अर्का एकजना बेपत्ता रहेका रिजालले बताए । तीनै पालिकामा गरी ६ जना अझै बेपत्ता भएका छन् भने ११ जना घाइते भएका छन् । 
 

प्रकाशित मिति: शनिबार, असोज १, २०७९  १२:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update