Sagun Khabar
अछाम पहिरो : ३ जना घाइतेलाई उपचारका लागि हेलिकोप्टर मार्फत सुर्खेत लगियो 

अछाम –अछाममा शुक्रबार राति आएको पहिरोमा परी घाइते भएका ढकारी गाउँपालिका–६ ढुंगाचाल्नाका ३ जना घाइतेको हेलिकप्टरमार्फत उद्धार गरेर सुर्खेत लगिएको छ । एकै परिवारका सदस्य रहेका तीन जनालाई उद्धार गरेर थप उपचारको लागि सुर्खेत अस्पतालमा लगिएको हो ।  

६२ वर्षका हर्क बुढा, उनकी कान्छी बुहारी २१ वर्षकी चन्द्रा बुढा, हर्कबहादुरका १२ वर्षका नाति धर्म बुढाको उद्धार गरिएको बताइएको छ ।  

स्वास्थ्य सन्देश
Atrya hospital

उनीहरुको परिवारका डेढ वर्षको वर्षको बालक नवीन बुढाको भने घटनास्थलमै मृत्यु भएको छ । अहिले त्यहाँको गाउँ शोकमा डुबेको छ । 

कमलबजार र तुर्माखाँदमा हेलिकोप्टरबाट उद्वार गर्नुपर्ने प्रकृतिका घाइते नभएको निमित्त प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले बताए । उनका अनुसार जिल्ला प्रशासन कार्यालयको आग्रहमा गृह मन्त्रालयले घाइतेको उद्धारका लागि हेलिकोप्टर पठाएको थियो । 
 

प्रकाशित मिति: शनिबार, असोज १, २०७९  १३:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update