Sagun Khabar
अफगानिस्तानमा फेरि ६ दशमलव ३ रेक्टरस्केलको भूकम्प
स्वास्थ्य सन्देश
Atrya hospital

अफगानिस्तानमा फेरि भूकम्प गएको छ । स्थानीय समयअनुसार बिहान ५ बजेर १० मिनेट जाँदा ६ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको बीबीसीले जनाएको छ ।

यसअघि गएको शनिवार पनि अफगानिस्तानकाे हेरात सहरदेखि २८ किलोमिटर उत्तरमा केन्द्रबिन्दु भएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यो भूकम्पमा परेर एक हजार जनाभन्दा धेरैको ज्यान गएको छ ।

शनिवारको भूकम्पले हेरात सहरदेखि ४० किलोमिटर परका कयौँ गाउँहरू ध्वस्त पारेको थियो । आजको भूकम्पले पुर्याएको क्षतिका विवरण आउन  भने बाँकी छ । भूकम्पपीडितलाई खानेकुरा, कम्बललगायतका सामग्री अभाव भएको खबरमा उल्लेख छ ।

प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  ११:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update