यूएईले १२८ जना नेपालीलाई आममाफी दियाे
संयुक्त अरब इमिरेट्स (यूएई) ले १२८ जना नेपालीलाई आममाफी दिएको छ । विभिन्न कारणले कैद सजाय भाेग्दै आएका १२८ जना नेपालीलाई यूएईले रमजानकाे अवसरमा आममाफी दिएकाे परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
नेपाल सरकारको आग्रहअनुसार अबुधाबीमामा रहेको नेपाली दूतावासको समन्वयपछि यूएई सरकारले माफी दिएको परराष्ट्र मन्त्रालयकाे विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित मिति: बुधबार, वैशाख २, २०८३ १९:४१
प्रतिक्रिया दिनुहोस्





