Sagun Khabar
बारीको बाली जंगली जनावरको पोल्टामा गएपछि किसान चिन्तित  

बैतडी–बैतडीको सुर्नया गाउँपालिका ६ कोखेतमा किसानहरुले खेतमा लगाएको बालीनाली जङ्गली जानवरले सखाप पारेको छ । बर्षभरी बारीकै अन्नले पुग्ने ठाउँमा बीउ समेत जोगाउन मुस्कील भएको स्थानीय केशवी अवस्थीले बताइन् । रातमा जंगली बँदेल र दिउँसो बाँदरले खेतबारीमा लगाएको अन्नपात नष्ट गरेको उनले जानकारी दिइन् । उनले भनिन् ‘बारीमा भएको सबै गहुँ बाँदर र बँदेलले सखाप पारे । बीउ समेत उजाड बनाए । खेतबारीमा गरिएको कष्ट त्यतिकै गयो ।’

बारीमा लगाएको गहुँबाली बाँदर र जंगली बँदेलले सखाप पारेपछि खेतबारी रित्तै रहेको स्थानीय नवराज अवस्थीले बताए । उनले भने ‘अहिले गहुँ भित्र्याउने समय हो । तर खेतका गराहरु रित्तै छन् । पुर्पुरोमा हात लगाएर बस्नुको विकल्प छैन् ।’

स्वास्थ्य सन्देश
Atrya hospital

बाँदर र जंगली बँदेलले तरकारीबाली र गहुँबालीमा व्यापक क्षति पुर्याएको स्थानीय नारद अवस्थीले जानकारी दिए । खेतमा गहुँको बोट नपाइने अवस्था रहेको उनले बताए । खडेरीका कारण यो बर्ष कहिँकतै मात्र उम्रेको गहुँ जंगली जनावरले नष्ट गर्दा बीउ समेत नपाइने अवस्था आएको उनले बताए । 

पछिल्लो समयमा बैतडीका धेरै जसो ठाउँमा जंगली जनावरहरुले बालीनाली नष्ट गर्दा किसानहरु मारमा परेका छन् । राती र दिउँसोको समयमा जंगली जनावरबाट बालीनाली जोगाउन मुस्कील भएको स्थानीयहरुको भनाई छ । 

बैतडीमा १७ हजार ५ सय हेक्टर जमीनमा गहुँ खेती गरिँदै आएको भएपनि यो बर्ष खडेरी र जंगली जनावरका कारण उत्पादनमा निकै ह्रास आउने अनुमान गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । 

जिल्लाको सबै जसो ठाउँमा जंगली बँदेल र बाँदरको आतंक रहेको कृषि ज्ञान केन्द्रका प्रुमख दिलबहादुर सिंहले जानकारी दिए  । 
 

प्रकाशित मिति: मंगलबार, वैशाख ७, २०७८  १४:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update