Sagun Khabar
पाकिस्तानको राष्ट्रपतिमा आसिफ अली जरदारी विजयी

काठमाण्डौ – पाकिस्तानको राष्ट्रपतिमा सत्तारुढ गठबन्धनका उम्मेदवार आसिफ अली जरदारी विजयी भएका छन् । पाकिस्तानको निर्वाचन आयोगका अनुसार जरदारीले संसद् र चार प्रान्तीय सभालगायत सबै निर्वाचक मण्डलबाट ४ सय ११ मत ल्याएर विजयी भएका  चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । 

जरदारीले सिनेट र नेसनल एसेम्बलीलगायत संसद्को दुई सदनको संयुक्त सत्रमा २ सय ५५ मत प्राप्त गरेका छन् । पूर्वी पञ्जाब प्रान्तबाट ४३ मत, उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तबाट ८ मत, दक्षिणपश्चिम बलुचिस्तान प्रान्तबाट ४७ मत र दक्षिणी सिन्ध प्रान्तबाट ५८ मत प्राप्त गरेका हुन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

जरदारीका प्रतिस्पर्धी विपक्षी दलको संयुक्त गठबन्धनका उम्मेदवार महमुद खान अचकजाईले कुल १ सय ८१ मत प्राप्त गरे । निवर्तमान राष्ट्रपति आरिफ अल्वी अस्ति शुक्रवार बिदाइ भएका हुन् । 

६८ वर्षीय जरदारी सन् २००८ देखि २०१३ सम्म ११ औँ राष्ट्रपति भएका थिए । जरदारी राष्ट्रपतिमा पदमा दोस्रो पटक निर्वाचित भएका छन् । गएको फेब्रुअरीमा भएको आम चुनावमा उनी राष्ट्रिय सभा सदस्य निर्वाचित भएका थिए । राष्ट्रपतिमा विजयी भएसँगै उनले राष्ट्रिय सभाबाट राजीनामा दिनुपर्नेछ ।
 

प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  ०९:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update