Sagun Khabar
कक्षा ११ र १२ का विद्यार्थीलाई आजदेखि खोप दिइँदै

 काठमाण्डौ उपत्यकामा आजदेखि कक्षा ११ र १२ सँगै परीक्षाका लागि प्रवेश पत्र लिएका विश्व विद्यालयका विद्यार्थीलाई खोप दिइँदै छ ।

 स्वास्थ्य कार्यालय काठमाण्डौका अनुसार १८ वर्षमाथिका प्लस टु अध्ययनरत विद्यार्थी र विश्व विद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थीले कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाउन पाउने छन् । यस्तै, ४० वर्षमाथिका नागरिकलाई पनि खोप दिइने छ । तोकेको खोप केन्द्रमा आजदेखि पर्सि आइतवारसम्म खोप लगाउन सकिने स्वास्थ्य कार्यालय काठमाण्डौले जनाएको छ ।

स्वास्थ्य सन्देश
Atrya hospital

 सशस्त्र प्रहरी अस्पताल बलम्बु, वीरेन्द्र सैनिक अस्पताल छाउनी, राधास्वामी आइसोलेशन सेन्टर, सामाखुसी, नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज, वीर अस्पताल रत्नपार्क तथा निजामती कर्मचारी अस्पताल, नयाँ बानेश्वरमा गएर खोप लगाउन सकिने छ ।

 यस्तै, परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल, थापाथली, शिक्षण अस्पताल, महाराजगञ्ज र काठमाडौ महानगरपालिकाका ३२ वटा वडा तथा आवश्यकता अनुसार पालिकाले तोकेको थप खोप केन्द्रमा गएर खोप लगाउन सकिन्छ ।

 विद्यार्थीलाई खोप दिएपछि मात्रै कक्षा ११ र १२ को परीक्षा सञ्चालन गर्ने सरकारको तयारी छ । 

प्रकाशित मिति: शुक्रबार, भदौ ४, २०७८  ०८:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update