Sagun Khabar
बंगलादेशको चुनावमा बीएनपीलाई १५१ सिट सहित स्पष्ट बहुमत, तारिक रहमान प्रधानमन्त्री बन्दै

बंगलादेशको १३औँ राष्ट्रिय संसदीय चुनावको प्रारम्भिक नतिजाले बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) को स्पष्ट जित देखाएको छ ।

बंगलादेशी सञ्चार माध्यम ढाका ट्रिब्युनका अनुसार अहिलेसम्म पार्टीले बीएनपीले १ सय ५१ निर्वाचन क्षेत्रमा जीत हासिल गरेको छ । बीएनपीका मुख्य नेता तारिक रहमान प्रधानमन्त्री बन्ने सम्भावना बढ्दै गएको छ ।

६० वर्षीय रहमान पूर्व राष्ट्रपति जियार रहमान र पूर्व प्रधानमन्त्री खालेदा जियाको छोरा हुन् । जामात–ए–इस्लामी मुख्य विपक्षीको रूपमा ४३ सीटमा कायम छ । मत गणना देशभर चलिरहेको छ । सन् २०२४ जुलाईको अन्दोलनपछि बंगलादेशमा आमचुनाव र राष्ट्रिय जनमत सङ्ग्रह शान्तिपूर्ण र उत्सवपूर्ण वातावरणमा सम्पन्न भएको हो ।

३ सय मध्ये २ सय ९९ निर्वाचन क्षेत्रमा मतदान भएको छ, शेरपुर–३ मा उम्मेदवारको निधनका कारण मतदान स्थगित गरिएको थियो । तीन दशकपछि पहिलो पटक अवामी लिग चुनावमा अनुपस्थित रहेकोले मुख्य रूपमा बीएनपी गठबन्धन र जामात–ए–इस्लामीबीच प्रतिस्पर्धा भएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन १, २०८२  ११:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update