Sagun Khabar
गुल्मीमा पहिरोले घर पुरिँदा तीन दीदी–बहिनीको मृत्यु 
फाइल फोटो
स्वास्थ्य सन्देश
Atrya hospital

गुल्मी –पहिरोले घर पुरिँदा घरमा सुतिरहेका तीनजनाको मृत्यु भएको छ। रेसुंगा नगरपालिका–८ थुम्कामा तिलक परियारको घर परिँदा उनका छोरी २१ वर्षया भावना, १४ वर्षीया जुम्ल्याहा छोरी गंगा र जमुनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए।

मंगलबार राति करिब १ बजे पहिरोले घर परिँदा सुतिरहेका तीनै जनाको मृत्यु भएको हो। उनीहरुको शव स्थानीय, नेपाली सेना र नेपाल प्रहरीले निकालेको प्रहरीले जनाएको छ।

तिलक, उनकी श्रीमती र अर्की छोरी सुरक्षित रहेको र उनीहरुलाई छिमेकीको घरमा सुरक्षित राखिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

प्रकाशित मिति: बुधबार, असोज ६, २०७८  ०७:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update