Sagun Khabar
भारतमा एकैदिन ३६ सय बढी कोरोना संक्रमितको ज्यान गयो, ३ लाख ८६ हजार बढीमा कोरोना पुष्टि

काठमाण्डाै - भारतमा कोरोना सङ्क्रमणबाट एकैदिन ३६ सयभन्दा धेरैको ज्यान गएको छ ।

यूके भेरियन्ट र भारतमै देखिएको नयाँ भेरियन्टसहित कोरोना महामारीको दोस्रो लहर खेपिरहेको भारतमा पछिल्लो २४ घण्टामै ३६ सयभन्दा धेरैको ज्यान गएको केन्द्रीय स्वास्थ्य मन्त्रालयलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यस्तै एकैदिन तीन लाख ८६ हजार आठ सयभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य सन्देश
Atrya hospital

एकैदिन सङ्क्रमण पुष्टि र ज्यान गुमाउनेको सङ्ख्या यो अहिलेसम्मकै धेरै भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सङ्क्रमण पुष्टि हुने क्रमसँगै अस्पतालमा भर्ना हुने दर पनि बढेकाले अस्पतालमा बेड, अक्सिजन तथा भेन्टिलेटरको चरम अभाव भइरहेको छ । यसैबीच ब्राजिलमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या चार लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा २८ सय ४३ जनासहित ब्राजिलमा अहिलेसम्म चार लाख एक हजार एक सय ८६ जनाको ज्यान गएको हो । भारतपछि ब्राजिलमा पनि महामारीको सङ्कट उत्कर्षमा रहेको छ । विश्वमा अहिलेसम्म १५ करोड १० लाख जनाभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ भने ३१ लाख ७७ हजारभन्दा धेरैले ज्यान गुमाइसकेका छन् । १२ करोड ८४ लाखभन्दा धेरै निको भएका छन् ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १७, २०७८  ०७:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update