Sagun Khabar
मुगु बस र्दुघटना अपडेट २३ जनाको मृत्यु, १५ जना घाइते
स्वास्थ्य सन्देश
Atrya hospital

मुगु - जिल्लाको छाँयानाथ रारा गाउँपालिका ७ पिनागाउँमा बस दुर्घटना हुँदा  २३ जनाको मृत्यु भएको छ । अन्य  १५ जना घाइते भएका छन् । घाइतेको अवस्था चिन्ताजनक रहेको प्रहरीले बताएको छ । अप्ठ्यारो भिरालोबाटोका कारण दुर्घटना भएको प्रहरीको प्राम्भिक अनुसन्धानले देखाएको छ ।

नेपालगञ्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ६७ नम्बरको बस मंगलबार दिउँसो २ बजेतिर दुर्घटना भएको हो । अहिले घाइतेको उद्दारको लागी हेलिकप्टर बोलाइएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको डीएसपी चित्रबहादुर भट्टराईले जानकारी दिए ।
 

 

प्रकाशित मिति: मंगलबार, असोज २६, २०७८  १५:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update