Sagun Khabar
औद्योगिक क्षेत्रमा भएको झडपमा परी मृत्यु भएका व्यक्तिलाई साढे पाँच लाख दिने
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी  - रुपन्देहीको बुटवल उपमहानगरपालिका–१७ र १८ मा निर्माणाधीन मोतिपुर औद्योगिक क्षेत्रमा भएको झडप परी मृत्यु भएका व्यक्तिका परिवारलाई सरकारले पाँच लाख ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ । 
  जिल्ला प्रशासन कार्यालय रुपन्देहीले एक विज्ञप्ति जारी गर्दै यस्तो निर्णय भएको जानकारी दिएको हो । मृतकको किरिया खर्चबापत ५० हजार र राहतस्वरूप प्रतिपरिवार पाँच लाख रुपैयाँ दिने निर्णय भएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ । 
  यसअघि, सोमबार लुम्बिनी प्रदेश सरकारले मृतकका परिवारलाई राहतस्वरूप प्रतिपरिवार एक लाख रुपैयाँ दिने निर्णय गरेको थियो । केन्द्र सरकारले घाइते भएका प्रहरी र सुकुम्बासीको उपचार गर्ने जनाइएको छ । 
  गत आइतबार मोतिपुर औद्योगिक करिडोर क्षेत्रमा प्रहरी र सुकुम्बासीबीच दोहोरो झडप हुँदा चार जनाको मृत्यु भएको थियो भने करिब ५० जना घाइते भएका थिए ।

प्रकाशित मिति: मंगलबार, असोज २६, २०७८  १७:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update