Sagun Khabar
बाढी–पहिराे अपडेट : ज्यान गुमाउने ५२ पुगे, ३० सम्पर्कविहीन

गएको आइतवारदेखि भएको भारी वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परेर अहिलेसम्म ५२ जनाको ज्यान गएको छ । बाढी, पहिराे र डुबानमा परेर ३० जना हराइरहेका छन् ।

गृह मन्त्रालयका अनुसार ज्यान गुमाउनेमा सबैभन्दा धेरै डोटीमा १३ जना र इलाममा ११ जना रहेका छन् । यस्तै हुम्ला, धनकुटा र पाँचथरमा छ/छ जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य सन्देश
Atrya hospital

बैतडीमा चार, कालीकोटमा एक, डडेल्धुरामा एक, प्युठानमा एक, सुनसरीमा दुई र उदयपुरमा एक जनाको ज्यान गएको गृह मन्त्रालका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो ।

यस्तै पहिरोमा परेर बझाङमा २३ जना बेपत्ता भएका छन् । साथै प्युठानमा दुई जना र इलाममा पाँच जना बेपत्ता भएका छन् ।

बाढी, पहिराे र डुबानमा परेर विभिन्न जिल्लामा अहिलेसम्म २३ जना घाइते भएका छन् । हराएकाहरूको खोजी कार्य र फसेकाहरूको उद्धार कार्य भइरहेको गृह मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका प्रमुख हुमकला पाण्डेले जानकारी दिनुभएको छ । 

प्राप्त विवरणमा बाढी, पहिरो र डुबानबाट १९ जिल्ला प्रभावित भएका छन् । 

#उज्यालो #

प्रकाशित मिति: बुधबार, कात्तिक ३, २०७८  १४:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update