Sagun Khabar
बाढी, पहिरो र डुवानबाट देशभर ७७ जनाको मृत्यु, २७ जना बेपत्ता

चार दिनदेखिको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या ७७ पुगेको छ ।

बेपत्ता हुनेको संख्या २७ पुग्दा घाइते हुनेको संख्या २२ पुगेको छ । गृहमन्त्रालयका अनुसार पहिरोले सबैभन्दा बढी मानवीय क्षति पाँचथरमा पुर्‍याएको छ । पहिरोमा परी पाँचथरमा मात्रै २४ जनाको मृत्यु हुँदा ६ जना घाइते भएका छन् ।

स्वास्थ्य सन्देश
Atrya hospital

इलाममा पहिरोमा परी १३ जनाको मृत्यु हुँदा २ जना घाइते भएका छन् भने ३ जना बेपत्ता छन् । यस्तै डोटीमा पहिरोमा परी १२ जनाको मृत्यु भएको छ भने ५ जना घाइते छन् ।

यस्तै पहिरोमा परी धनकुटामा ७, हुम्लामा ६, बैतडीमा ४ जनाको मृत्यु भएको छ ।पहिरो र बाढीमा परी बझाङ, सुनसरी र उदयपुरमा २–२ जना तथा कालीकोट, डडेलधुरा, प्युठान, सोलुखुम्बु र मोरङमा एक–एक जनाको मृत्यु भएको छ ।

बाढी र पहिरोमा परी पाँचथरमा ६, धनकुटा र डोटीमा ५–५, बैतडी र इलाममा २–२, कालीकोट र डडेलधुरामा एक–एक जना घाइते भएका छन् । बझाङमा २१, इलाममा ३, प्यूठानमा २ र जुम्लामा १ जना बेपत्ता भएका छन् ।

#ईमेज खबर#

प्रकाशित मिति: बुधबार, कात्तिक ३, २०७८  २०:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update