Sagun Khabar
एमालेले आज मुलुकभर वडा अधिवेशन गर्दै

काठमाण्डौं – नेकपा एमालेले शनिबार वडा अधिवेशन गर्दै छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट मुलुकभर वडा अधिवेशनको उद्घाटन गर्दैछन्।

नेकपा एमालेले दसौं राष्ट्रिय महाधिवेशन मंसिर १० देखि १२ सम्म चितवनमा गर्ने निर्णय गरिसकेको छ। आसन्न महाधिवेशनको तयारी स्वरुप नेकपा एमालेले मुलुकभर आज वडास्तरीय अधिवेशन गर्न लागेको हो। 

स्वास्थ्य सन्देश
Atrya hospital

एमालेले कार्तिक ९ गते पालिका अधिवेशन गर्दैछ। एमालेको कार्तिक ४ र ५ मा बसेको स्थायी समितिको बैठकले मंसिर १० देखि १२ सम्म चितवनमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको थियो । महाधिवेशन व्यवस्थापनका लागि पार्टी स्थायी कमिटी सदस्य रामबहादुर थापाको संयोजकत्वमा २१ सदस्यीय मूल व्यवस्थापन कमिटी गठन गरेको छ। 

एमालेले राष्ट्रिय महाधिवेशनका प्रतिनिधि चयन सम्बन्धी मापदण्ड तय गर्न कार्तिक ११ गते स्थायी कमिटी र १२ गते केन्द्रीय कमिटीको बैठक आव्हान गरेको छ।

-अन्नपूर्णपोष्ट डटकमबाट 

प्रकाशित मिति: शनिबार, कात्तिक ६, २०७८  ०९:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update