Sagun Khabar
प्रदेश १ का मुख्यमन्त्री आचार्यले दिए राजीनामा

काठमाण्डौ – प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएका छन् । आज सोमवार प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै आचार्यले प्रदेश १ को मुख्यमन्त्री पदबाट राजीनामाको घोषणा गरेका हुन् । 

आज उनले श्वासको मत लिने कार्यक्रम रहेकोमा विश्वासको मतसम्बन्धी प्रस्तावलाई मतदानमा लैजानुअघि नै राजीनामा दिएका हुन् । उनले विश्वासको मत नपाउने स्पष्ट थियो ।

स्वास्थ्य सन्देश
Atrya hospital

आचार्य गएको भदौ १० गते मुख्यमन्त्री पदमा नियुक्त भएका थिए । एमाले विभाजन भएपछि प्रदेश १ मा सम्भावित विभाजन रोक्न तत्कालीन मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएर आचार्य एमालेबाट एकल बहुमतको मुख्यमन्त्री बनेका थिए ।  तर १० जना सांसद एमाले छाडेर एकीकृत समाजवादीमा गएपछि आचार्य अल्पमतमा परेका हुन् । 

९२ सदस्यीय प्रदेश सभामा एमालेसँग सभामुखसहित ४१ सांसद छन् । त्यस्तै कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, ,जनता समाजवादीका तीन जना र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक र राप्रपाको एक जना सांसद रहेका छन् ।   

अब कांग्रेस, माओवादी, एकिकृत समाजवादी र जनता समाजवादी पार्टीको गठबन्धनले एकीकृत समाजवादी पार्टीका राजेन्द्र राईलाई मूख्यमन्त्री बनाउने तयारी गरेको छ । 

यसैबीच प्रदेश १ प्रदेश सभाको अर्को बैठक आउँदो २३ गते मङ्गलवारका लागि बोलाइएको छ 

प्रकाशित मिति: सोमबार, कात्तिक १५, २०७८  १५:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update