Sagun Khabar
नेपालगञ्ज विमानस्थलमा सीता एअरको जहाज बँदेलसँग ठोक्कियो
स्वास्थ्य सन्देश
Atrya hospital

नेपालगञ्ज–नेपालगञ्ज विमानस्थलमा सीता एअरको जहाज बँदेलसँग ठोक्किएको छ । बिहान नेपालगञ्जबाट हुम्लाको सिमकोट उड्ने क्रममा सीता एअरको डोर्नियर जहाज बँदेलसँग ठोक्किएको नेपालगञ्ज विमानस्थलका प्रमुख सुवास झाले बताए ।

अहिले जहाजलाई धावनमार्गबाट पार्किङमा ल्याइसकिएको छ । जहाजमा तीन जना चालक दलका सदस्यसहित १४ जना यात्रु थिए । जहाजमा सामान्य क्षति बाहेक यात्रु सुरक्षित रहेको सीता एअरले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १६, २०७८  १०:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update