Sagun Khabar
ग्यास सिलिन्डर पड्किँदा ललितपुरमा एकै परिवारका चार जनाको ज्यान गयो, दुई जना घाइते

काठमाण्डौ – ललितपुरको मंगलबजारमा ग्यास सिलिन्डर पड्केर आगलागी हुँदा एकै परिवारका चार जनाको ज्यान गएको छ ।

दुई जना घाइते भएका छन् । गएराती म्ह पूजा गरिरहेका बेला दियोबाट आगो सुरु भएको र ग्यास सिलिन्डर पड्केपछि चार जनाको ज्यान गएको ललितपुर प्रहरीले जनाएको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

लक्ष्मीकृष्ण ताम्राकारको घरमा आगलागी हुँदा घरधनी ६८ वर्षीय लक्ष्मीकृष्ण ताम्राकार, उनकी ३५ वर्षीय छोरी अञ्जना ताम्राकार, ३५ वर्षकी बुहारी रचना ताम्राकार र १० वर्षका नाति निर्जल ताम्राकारको ज्यान गएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिए ।

छोरा ४२ वर्षका नीरज ताम्राकार र ३२ वर्षकी छोरी सिर्जना ताम्राकार घाइते भएका छन् । उनीहरूको पाटन अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक २०, २०७८  ०७:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update