Sagun Khabar
सल्यान बस दुर्घटना : ज्यान गुमाउनेकाे सङ्ख्या १२ पुग्याे
स्वास्थ्य सन्देश
Atrya hospital

सल्यान – सल्यानबाट दाङको तुलसीपुरका लागि छुटेको बस दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या १२ पुगेको छ । ना २ ख २५५२ नम्बरको यात्रुवाहक बस कपुरकोट गाउँपालिका ५ को खारखोला नजिक दुर्घटना भएको हो ।  

बस दुर्घटनामा दुई पुरुष र १० महिला गरी १२ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी)गोविन्द थापाले जानकारी दिए । 
तिहार मनाएर फर्किएकाहरू दुर्घटनामा परेका हुन् । बसमा झन्डै ३५ जना यात्रु रहेका अनुमान गरिएको प्रहरीले जनाएको छ । अहिले पनि उद्धार भइरहेकोले ज्यान गुमाउनेहरुको पहिचान खुलेको छैन ।

गम्भीर घाइतेहरूलाई हेलिकप्टरमार्फत नेपालगञ्ज र काठमाण्डौ पठाउने तयारी भइरहेको प्रहरीको भनाइ छ । बस सडकबाट दुई सय मिटर तल खसेको बताइएको छ ।  

प्रकाशित मिति: आइतबार, कात्तिक २१, २०७८  १५:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update