Sagun Khabar
बैतडीमा  खोरेत  रोगका कारण पशुचौपाया मर्न थालेपछि किसानहरु चिन्तित

बैतडी-दशरथचन्द नगरपालिका वडा नं १ का विभिन्न स्थानमा खोरेत  रोगका कारण पशुचौपाया मर्न थालेपछि किसानहरु चिन्तित बनेका छन् । वडा नं १ कलौन, लुइटा, झोकाली लगायतका क्षेत्रमा पशुहरु मर्न थालेको शिक्षक अम्भा दत्त बडुले बताए ।

स्थानिय हरुको आग्रहमा  भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र  पाटन बैतडीका प्रमुख गुमानीदत्त पन्तले  सोहि ठाउँमा पुगेर खुरफाटा जनावर हरुमा लाग्ने खोरेत नामक रोग लागेको बताए । खोरेत नामक रोग लागेमा  घरपालुवा पशुहरुमा मुखबाट र्याल काढ्ने,गिजामुख सुन्निने, मुख भित्र फोकाहरु आउने, खुरहरु पाक्ने लगायतका लक्षण देखा पर्ने उहाँले बताए ।

स्वास्थ्य सन्देश
Atrya hospital

यो सरुवा रोग भएकोले यस बाट सचेत रहन उहाँले आग्रह गरे । खोरेत रोग हिउँदमा भन्दापनि बर्षातको समयमा अथवा गर्मि मौसममा बढि .खतरनाक हुने र मान्छेको माध्यम बाट पनि व्यापक सर्ने भएकोले पशुहरुको नजिक  गएर ओहर दोहर नगर्न र पशु हरुलाई बेचबिखन नगर्न उहाँले आग्रह गरे ।

र्याल काढ्ने,गिजामुख सुन्निने, मुख भित्र फोकाहरु आउने, खुरहरु पाक्ने लगायतका लक्षण  देखिएको ४–५ दिनमा स–साना बाच्छाबाच्छी, पाडापाडी र पाठापाठीहरु मर्ने गरेका शिक्षक बडुले बताए छन् । वयस्क पशुहरुमा लक्षण देखिएपनि त्यति क्षति नहुने  बताइएको छ ।

पशुहरुमा यस्तो समस्या देखिएपछि सङ्क्रमित ठाउँमा गोलबद्ध गरि भेक्सिन लगाउनुपर्ने भएकोले  भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटनको कार्यालयको जनशक्तिले मात्रै नसक्ने भएकोले नगरपालिकाको पनि सहयोग आवश्यक पर्ने प्रमुख पन्तले बताए । 

प्रकाशित मिति: मंगलबार, कात्तिक २३, २०७८  १५:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update