Sagun Khabar
सानेपामा अनसन बस्ने डडेल्धुरा कांग्रेसका सभापति मल्लको घोषणा 

काठमाण्डौं–नेपाली काँग्रेस डडेल्धुराका सभापति कर्णबहादुर मल्लले  मंसिर १ देखि पार्टी कार्यालय सानेपामा अनसन बस्ने घोषणा गरेका छन् । शनिबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै डडेल्धुरा जिल्लाका सबै वडाका क्रियाशील सदस्यहरू सानेपामा अनसन बस्ने बताए । 

११ दिन पार्टी कार्यालय डडेलधुरामा अनसन बसेको र त्यसको सुनुवाई नभएपछि केन्द्रिय कार्यालयमा अनसन बस्ने उनले बताए । 
सभापति मल्लले आफूहरूको बहिस्कारका बीच भएको डडेलधुराको वडा र पालिका अधिवेशन स्वीकार्य नहुने बताए । डडेलधुरामा आफूहरूको बहिस्कारकाबीच भएको अधिवेशनलाई समितिले वैधता दिन नसक्ने दाबी गरे। । 

केन्द्रीय निर्वाचन समितिले पार्टीको केन्द्रीय सभापति शेरबहादुर देउवाको निर्देशनमा काम गरिरहेको आरोप लगाए । 
 

प्रकाशित मिति: शनिबार, कात्तिक २७, २०७८  १५:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update