Sagun Khabar
दुइ बर्षदेखि तलव नपाएको भन्दै लेन्थ वर्करहरूद्वारा अनसन सुरू

बैतडीको पाटन पञ्चेश्वर सडकमा कार्यरत लेन्थ वर्करहरूले फेरि रिले अनसन सुरू गरेका छन । गएको २ बर्ष देखि पारिश्रमिक नपाएको भन्दै हिजो मंसिर १ गते देखि पाटन नगरपालीका ६ लोर्खामा अनसन सुरू गरेका हुन । 
 २०७८ असार १८ गते देखि साउन ६ गते सम्म यस अघि पनि अनसन बसेका लेन्थवर्करहरू, सरोकारवाला सबैले समस्या समाधान गरिदिने आश्वासन दिएपछि अनशन तोडेका थिए । तर त्यो पूरा नभएपछि फेरि अनसन बस्न बाध्य भएको लेन्थवर्कर जय राम भुलले बताए । यस अघि अनसन बस्दा प्रमुख जिल्ला अधिकारी , पुर्वाधार कार्यालयका प्रमुख, पाटन नगरपालिका  केहि जनप्रतिनिधिहरूले अशसन तोडन दवाव दिएका थिए ।

  तीन महिना ठेकेदार संग काम गर्न पहल गर्ने , ठेकेदारले प्रदेश सरकारलाइ सडक बुझाएपछि आफुहरूलाइ लेन्थवर्कर नियुक्त गर्न पहल गर्ने लगायतका सहमति भएपछि अनसन तोडेका थिए । तर ठेकेदारले पुर्वाधार कार्यालयलाई सडक बुझाउदा समेत आफुहरूलाइ काममा लगाउन कुनै सुरसार नगरेको र दुई बर्ष यताको पारिश्रमिक समेत नपाएकोले आन्दोलनमा उत्रिनु परेको जय राम भुलको भनाई छ ।
 अनसनको सुरूको तीन दिन शान्तिपूर्ण हिसावले बस्ने , यदि हाम्रा मागको सुनवाइ नभए पाटन पञ्चेश्वर सडक ठप्प पार्ने लेन्थवर्करहरूले चेतावनी दिएका छन ।

स्वास्थ्य सन्देश
Atrya hospital

किन आन्दोलित छन लेन्थवर्कर ,प्रदेश सरकारको मातहत सडक आउनु पहिला कहाँबाट तलव पाउथे ?
संघीय सरकार मातहत रहेको पाटन–पञ्चेश्वर सडक अहिले प्रदेश सरकार मातहत रहेको छ । सडक डिभिजन कार्यालयले पूर्वाधार विकास कार्यालयलाई सो सडक हस्तान्तरण गर्ने बेला सडकमा काम गर्ने लेन्थवर्करको पनि लिस्ट हस्तान्तरण गरेको थियो । प्रदेश सरकार मातहत आएपछि लेन्थवर्करहरुले तिन महिनाको तलब पनि बुझेका थिए ।

 २०७६ साल असोजबाट आफूहरुले पारश्रमिक नपाएको लेन्थवर्कर हरजित महराले बताए । प्रदेश सरकारका तत्कालिन भौतिक पूर्वाधार मन्त्री पठानसिंह बोहराले लेन्थवर्करहरुलाई काम गर्न मौखिम रुपमा निर्देशन दिएका  थिए । उनीहरुको व्यवस्थापन गर्ने आश्वासन समेत दिएका थिए । तर अहिले सम्म लेन्थवर्करहरुको कुनै व्यवस्थापन गरिएको छैन् । 

संघीयता आएपछि आफूहरुको रोजीरोटी खोस्ने प्रयास भएको लेन्थवर्करहरुले आरोप लगाएका छन् । सडक डिभिजन कार्यालय मातहत पाटन–पञ्चेश्वर सडक हुँदा आफूहरुलाई कुनै समस्या नभएको र सडक प्रदेश सरकार मातहत गएपछि आफूहरु समस्यामा परेको लेन्थवर्कर लालसिंह धामीले बताए ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ३, २०७८  १८:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update