Sagun Khabar
श्री राम जानकी इङ्लिस स्कुलद्वारा १२० जना विधार्थीको  स्वास्थ्य जाँच

बैतडी पाटन ६ मा रहेको श्री राम जानकी इङ्लिस स्कुलले विधार्थीहरूका लागि स्वास्थ शिविर सञ्चालन गरेको छ । ३ गते शुक्रबार बिहान १० बजे देखि २ ः ३० बजे बजे सम्म स्वास्थ्य तथा आँखा शिबिर सञ्चालन गरेको स्कुलका सञ्चालक समेत रहेका व्यवस्थापन समितिका अध्यक्ष जय देव पन्तले बताए ।

 १२० जना विधार्थिहरूको स्वास्थ्य जाँच र आखा जाँच गराएको अध्यक्ष पन्तले बताए । १२० जना विधार्थी स्वास्थ्य जाँच गर्दा ४ जनाको स्वास्थमा समस्या देखिएको र ३ जनाको आँखामा समस्या देखिएको छ । स्वास्थ्यमा समस्या देखिएका विधार्थीहरूको घरमा जानकारी गराएर उपचारमा पठाइने पन्तले बताए ।

स्वास्थ्य सन्देश
Atrya hospital

 बिधार्थिहरूको स्वास्थ्य जाँचको लागि सुरूमै विधार्थीहरू बाट बार्षिक रूपमा रू.२०० का दरले शुल्क लिने गरेको र सोही शुल्कमा बर्षमा तीन पटक ४/४ महिनामा स्वास्थ्य जाँच गर्ने गरेको अध्यक्ष पन्तको भनाई छ ।

 स्वास्थ सिबिर सञ्चालन गर्नुको उदेश्य भनेको विधार्थीहरूलाई जटिल रोग नलागोस र समस्या भएपनि समयमै पत्ता लगाएर उपचार गर्न सकियोस भन्ने हिसावले शिविर सञ्चालन गरेको भनाई छ । शिविरमा पाटन प्राथमिक स्वास्थ केन्द्र र आँखा उपचार केन्द्र पाटनबाट न्युन शुल्कमा स्वास्थ्य कर्मीहरूले सहयोग गरेको व्यवस्थापन समितिका अध्यक्ष पन्तले बताए ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ३, २०७८  १९:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update