Sagun Khabar
प्युठानमा काँग्रेसको मतगणनास्थलमा गोली चल्यो, झडपमा प्रहरीसहित ७ जना घाइते

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्युठान जिल्ला अधिवेशनको मतगणनास्थलमा गोली चलेको छ । मतपरिणाममा असन्तुष्टि जनाउँदै युवाहरुले गरेको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाएको  जनाइएको छ ।

 

स्वास्थ्य सन्देश
Atrya hospital

 

मंगलबार राति मतगणनास्थल स्वर्गद्वारी क्याम्पसमा काँग्रेस कार्यकर्ता र  प्रहरीबीच झडप भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक लेखनाथ जिसीले रातोपाटीलाई बताए ।

 प्रदर्शनले झडपलेलिएको भन्दै स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले सात सेल अश्रु ग्यास समेत प्रहार गरेको छ । झडपका क्रममा दुई  प्रहरी सहित कम्तिमा ७ जना घाइते भएका छन्।   अहिले स्थिति नियन्त्रणका आएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर ७, २०७८  २१:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update