Sagun Khabar
सोमालियामा कार बम बिस्फोट हुँदा ८ जनाको मृत्यु

 अफ्रिकन मुलुक सोमालियामा कार बम बिस्फोट हुँदा ८ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।

 विद्रोही समूह अल सबाबले सोमालियाको राजधानी मोगादिशुमा अमेरिकन मिसन टोलीलाई लक्षित गरी गराएको कार बम विस्फोटमा मारिनेमा विद्यार्थीहरु पनि रहेका छन् ।

स्वास्थ्य सन्देश
Atrya hospital

मोगादिशुको एक विद्यालयबाट अघि बढेको मिशन टोलीलको गाडीलाई लक्षित गरी गराइएको विस्फोटमा ८ विद्यार्थी मारिएका हुन् । विस्फोटका कारण विद्यालय परिसरमा राखिएका सवारीसाधन नष्ट हुनुका साथै विद्यालयमा पनि क्षति पुगेको छ ।

घाइतेहरुको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

 

 

 

#ईमेजखबर#

प्रकाशित मिति: शुक्रबार, मंसिर १०, २०७८  ०९:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update