Sagun Khabar
जाजरकोटमा बस दुर्घटना : पाँच जनाको मृत्यु , २७ जना घाइते

जाजरकोट –जाजरकोटमा बस दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । अरु २७ जना घाइते भएका छन् ।

नेपालगञ्जबाट रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको राडिबजारका लागि छुटेको ना ६ ख २७५७ नम्बरको बस गएराति जाजरकोटको भेरी नगरपालिका–१३ बराहचौर नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । बसमा ३२ जना यात्रु थिए ।

ज्यान गुमाउनेको परिचय खुल्न नसकेको र घाइते २७ जनाको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको जाजरकोटका डीएसपी मधुकुमार थापाले जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, मंसिर १२, २०७८  ०८:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update