एमाले महाधिवेशन : अध्यक्षमा रावलको उम्मेदवारी दर्ता
                        
                        
                                                
                                             
                                                                    चितवन – चितवनमा भइरहेको नेकपा एमालेको राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वको लागि चुनावी प्रक्रिया सुरु भएको छ ।
अध्यक्षमा भीम रावलले उम्मेदवारी दर्ता गराएका छन् । हिजै फारम लगेका उनले निर्वाचन प्रक्रिया सुरु भएलगत्तै उम्मेदवारी दर्ता गराएका हुन् ।
अहिले बिहान साढे ९ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । पछिल्लो कार्यतालिकाअनुसार बेलुकी ९ बजेपछि मात्रै मतदान सुरु हुनेछ ।
सहमतिका लागि अध्यक्ष केपी शर्मा ओलीले हिजो दिनभर र राति अबेरसम्म पनि नेताहरुसँग छलफल गरेर रावललाई उपाध्यक्षमा बस्न आग्रह गरेका थिए । तर रावलले प्रस्ताव अस्वीकार गरेपछि चुनावी प्रक्रिया सुरु भएको हो ।
प्रकाशित मिति: सोमबार, मंसिर १३, २०७८  ०९:१५
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    



 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                    

 
                     
                     
                     
                     
                     
                     
                     
                    