Sagun Khabar
अमेरिकाको केन्टकीमा आँधीका कारण ज्यान गुमाउनेको सङ्ख्या ७० पुग्यो

अमेरिकाको दक्षिणपूर्वी राज्य केन्टकीमा आएको आँधीका कारण ज्यान गुमाउनेको सङ्ख्या ७० पुगेको छ । अहिलेसम्म ४० जनाको उद्धार भएको छ ।

भग्नावशेषमा फसेकाहरुको उद्धारकर्मीले खोजी गरिरहेका छन् । एक सय भन्दा धेरै उद्योगमा असर परेको छ ।

स्वास्थ्य सन्देश
Atrya hospital

आँधीका कारण केन्टकीमा विद्युत् र पानीको आपूर्ति बन्द भएको छ । केन्टकीसहित मिसौरी, अर्कान्सास, टेनेसा, मिसीसिपीलगायतका क्षेत्रमा आँधीको प्रभाव परेको छ ।

केन्टकीमा आपत्काल घोषणा गरिएको छ । राष्ट्रपति जो बाइडेनले आँधीबाट प्रभावित भएकाको सहयोगका लागि सक्दो पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

साथै उहाँले प्रभावित नागरिकलाई धैर्य रहन आग्रह गर्नुभएको छ ।

 

-उज्यालो 

प्रकाशित मिति: आइतबार, मंसिर २६, २०७८  ०९:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update