Sagun Khabar
सभापतिको मतगणना अन्तिम चरणमा : देउवाको दुई हजार मत कट्यो

 कांग्रेस महाधिवेशनमा सभापतिको मत गणना अन्तिम चरणमा पुगेको छ ।

अहिलेसम्म ४२ सय ७६ मत गणना भएको छ । अब ४ सय ३ मत गन्न बाँकी छ । सभापति शेरबहादुर देउवाले दुई हजार मत कटाउनुभएको छ । उहाँले २ हजार ४६ मत प्राप्त गर्नुभएको छ । त्यस्तै अर्का उम्मेदवार डा.शेखर कोइरालाले १६ सय १५ र प्रकाशमान सिंहले ३ सय ३५ मत प्राप्त गर्नुभएको छ ।

स्वास्थ्य सन्देश
Atrya hospital

अहिलेसम्मको मत परिणाम अनुसार विमलेन्द्र निधिले २ सय ३८ र कल्याण गुरुङले २० मत मात्र पाउनुभएको छ । नेतृत्वका लागि शेरबहादुर देउवा र शेखर कोइरालाबीच मुख्य प्रतिस्पर्धा छ । कुल ४ हजार ७ सय ४३ मतदातामध्ये ४ हजार ६ सय ७९ मत खसेको छ ।

अब ४ सय ३ मत गन्न बाँकी छ । काठमाण्डौको राष्ट्रिय सभागृहमा आज बिहानैदेखि मतगणना चलिरहेको छ ।

अहिलेसम्मको मतपरिणाम हेर्दा सभापतिका लागि दोस्रो चरणमा चुनाव हुने सम्भावना देखिन्छ । अहिलेसम्म गणना भएको मतमा कसैले पनि ५० प्रतिशत कटाउन सकेका छैनन् । 

उज्यालो 

प्रकाशित मिति: मंगलबार, मंसिर २८, २०७८  ०९:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update