Sagun Khabar
आइतबार भेटिए एक हजार एक सय ६७ जना कोरोना संक्रमित

पछिल्लो २४ घन्टामा देशभर एक हजार एक सय ६७ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार २ हजार ६३२ नमुना परीक्षण गर्दा एक हजार एक सय ६७ संक्रमित भेटिएका हुन्। यस्तै आज २ जना संक्रमितको मृत्यु भएको छ। 

हाल देशभरी  कोरोनाका सक्रिय संक्रमितको संख्या ६ हजार ७५५ रहेको छ। आज काठमाडौं उपत्यकामा मात्रै ६१५ जनामा संक्रमण पुष्टि भएको छ।

-थाहा खबर 

प्रकाशित मिति: आइतबार, पुस २५, २०७८  १७:३१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update