Sagun Khabar
सीसीएमसीसी बैठक : सार्वजनिक ठाउँमा २५ जनाभन्दा धेरै भेला हुन नदिन सिफारिस

कोभिड १९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले सार्वजनिक ठाउँमा २५ जनाभन्दा धेरै भेला हुन नदिन सिफारिस गरेकाे छ । 

आज आइतवार बसेकाे बैठकले काेराेना सङ्क्रमण बढ्दै गएकाले २५ जनाभन्दा धेरै मानिस भेला हुने गरी सभा–सम्मेलन, महोत्सवलगायतका कार्यक्रम बन्द गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हाे ।

स्वास्थ्य सन्देश
Atrya hospital

यस्तै बैठकले सार्वजनिक ठाउँमा सबै प्रकारका राजनीतिक, तथा धेरै जना उपस्थित हुने गरी प्रशासनिक, सामाजिक एवम् त्यही प्रकृतिको कार्यक्रम नगर्न आह्वान गर्ने सिफारिस गरेको छ । त्यस्तै नगरि नहुने नियमित कार्यक्रमको हकमा स्थानीय प्रशासनको अनुमति लिएर गर्ने व्यवस्था मिलाउन पनि सिफारिस गरिएको छ । 

यस्तै आजकाे बैठकले सार्वजनिक ठाउँहरूमा (कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, हवाई यात्रा, पार्क आदि) प्रवेश गर्दा अनिवार्य कोरोना खोप लगाएको कार्ड हेर्न सिफारिस गरेको छ ।

-उज्यालो 

प्रकाशित मिति: आइतबार, पुस २५, २०७८  १९:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update