Sagun Khabar
माघ १५ गतेसम्म विद्यालय बन्द गर्न   सीसीएमसीसी बैठकको सिफारिस

कोभिड १९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले देशभरका विद्यालय आउँदो माघ १५ गतेसम्म बन्द गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ ।

आज आइतवार बसेको बैठकले माघ १५ गतेसम्म हिउँदे बिदा दिएर देशभरका आधारभूत र माध्यमिक विद्यालय बन्द गर्न सिफारिस गर्ने निर्णय गरेको सीसीएमसीसीकी प्रवक्ता सुनिता नेपालले जानकारी दिनुभयो ।

यस्तै बैठकले विद्यालय बन्द रहेकै बेला पनि १२ देखि १७ वर्षसम्मका विद्यार्थी र १८ वर्षदेखि माथिका शिक्षक, कर्मचारी र अभिभावकलाई खोप लगाउन पनि आग्रह गरेको छ ।

साथै बैठकले २५ जनाभन्दा धेरै मानिस भेला हुने गरी सभा–सम्मेलन, महोत्सवलगायतका कार्यक्रम बन्द गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको छ । माघ ३ गतेदेखि सरकारी सेवा लिन जाँदा खोप कार्ड अनिवार्य गर्ने, माघ ३ गतेदेखि आन्तरिक उडानमा खोप कार्ड अनिवार्य गर्ने, परीक्षण तथा खोप अभियानलाई तीव्र बनाउने लगायतका निर्णयहरू बैठकले गरेको छ । 

सीसीएमसीसीका निर्णय मन्त्रिपरिषद्काे बैठकले पारित गरेपछि लागू हुनेछ । 

-उज्यालो 

प्रकाशित मिति: आइतबार, पुस २५, २०७८  १९:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update