Sagun Khabar
कालिज मार्ने क्रममा गाेली लागेर युवककाे मृत्यु, ६ जना पक्राउ

स्याङ्जामा गाेली लागेर एक जनाकाे मृत्यु भएकाे घटनामा संलग्न रहेकाे आराेपमा प्रहरीले ६ जनालाई  पक्राउ गरेकाे छ।

आँधिखोला गाउँपालिका–१ कालिखर्क जङगलमा पुस २० गते राती कालिजको शिकार गर्ने क्रममा २७ वर्षीय मनोज विकको मृत्यु भएको थियाे। विककाे मृत्यु हुँदा सँगै रहेका फरार ६ जना युवालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङजाका डिएसपी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।

पक्राउ पर्नेमा आँधीखोला–१ का २७ वर्षीय सूर्य भन्ने भीमबहादुर सुनार, सोही ठाउँकै १८ वर्षीय सुनिल विक, २४ वर्षीय दिनेश भन्ने रेवन्त पौडेल र ३७ वर्षीय धनबहादुर विक छन्।  

त्यस्तै सोही ठाउँका २४ वर्षीय गोविन्द अधिकारी र २८ वर्षीय साजन कामीलाई बुटवल बसपार्कबाट पक्राउ गरिएको प्रहरीले जनाएकाे छ।

पक्राउ परेकालाई कर्तव्य ज्यान मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ। भरुवा बन्दुकको छर्रा लागेर विकको घटनास्थलमै मृत्यु भएको थियाे।

-थाहा खबर  

 

प्रकाशित मिति: आइतबार, पुस २५, २०७८  २१:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update