Sagun Khabar
एकै दिन १ हजार ४ सय ४६ जनामा काेराेना पुष्टि, सङ्क्रमण दर साढे १२ प्रतिशतभन्दा धेरै

काठमाण्डौं-पछिल्लो २४ घण्टामा एक हजार चार सय ४६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन गरी ११ हजार चार सय २९ जनाको नमुना परीक्षण गर्दा १२ दशमलव ६५ प्रतिशत अर्थात् एक हजार चार सय ४६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

यस्तै पछिल्लो २४ घण्टामा दुई सय ५५ जना सङ्क्रमणमुक्त भएका छन् । यही अवधिमा दुई जनाले कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाएका छन् । 

अहिले नेपालमा सात हजार आठ सय ५५ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ । 

यसैबीच पछिल्लो २४ घण्टामा दुई लाख १० हजार पाँच सय ९४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । 

#उज्यालो#

प्रकाशित मिति: सोमबार, पुस २६, २०७८  १८:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update