Sagun Khabar
धादिङमा सडक खन्ने क्रममा पहिरो जाँदा तीन जना बेपत्ता

धादिङ –धादिङमा सडक खन्ने क्रममा पहिरो जाँदा तीन जना बेपत्ता भएका छन् ।

रुबीभ्याली गाउँपालिका–१ पुरु नजिकै तिप्लीङको लबदुङबाट लिङ्जोतर्फ जाने सडक खन्ने क्रममा पहिरोमा जाँदा डोजरसहित तीन जना बेपत्ता भएका हुन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

बेपत्ता हुनेमा डोजर चालक, सहचालक र एक जना बाटो निर्माण समितिका पदाधिकारी रहेका तिप्लीङका शिक्षक नरबहादुर घलेले बताए । 

बेपत्ताको परिचय खुल्न सकेको छैन ।

घटनाको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी जागेश्वर भण्डारीले बताए । 

-उज्यालो अनलाइनबाट 

प्रकाशित मिति: बिहीबार, पुस २९, २०७८  १२:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update