Sagun Khabar
प्रधानमन्त्री देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्ने
स्वास्थ्य सन्देश
Atrya hospital

काठमाण्डौ – प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । 
सरकार गठन भएको ६ महिना पुगेको सन्दर्भमा उनले दिउँसो ३ बजे  राष्ट्रका नाममा सम्बोधन गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

देउवा गएको असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । ६ महिने कार्यकाल सन्तोषजनक नभएको गुनासो भइरहँदा प्रधानमन्त्री देउवाले सम्बोधनमार्फत सरकारका उपलब्धिबारे जानकारी दिने तयारी गरेका हुन् । 

प्रकाशित मिति: शुक्रबार, माघ ७, २०७८  ११:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update