Sagun Khabar
कोरोना सङ्क्रमण नियन्त्रण नै सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री

काठमाण्डौ – प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारी नियन्त्रण नै सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन् । 

आज राष्ट्रका नाममा सम्बोधन गर्दै उनले अहिले सरकारको मुख्य ध्यान नै नागरिकको स्वास्थ्य सुरक्षामा केन्द्रित रहेको बताए । उनले सबै नागरिकलाई कोरोना विरुद्धको खोप निःशुल्क रुपमा उपलब्ध गराउने अभियान निरन्तर रहेको बताए । खोप अभियानका लागि तीन तहका सरकार संघ, प्रदेश र पालिकासहित मातहतका निकायले आवश्यक समन्वय गरिरहेको उनको भनाइ छ ।

स्वास्थ्य सन्देश
Atrya hospital

प्रधानमन्त्री देउवाले कोभिड–१९ सङ्क्रमणको रोकथाम र नियन्त्रणमा सहयोग गर्न सबैलाई आग्रह समेत गरेका छन् । उनले विपदमा परेका नागरिकको उद्धार सरकारको उच्च प्राथमिकतामा रहेको र पीडितलाई राहत र क्षतिपूर्ति प्रदान गरिएको समेत बताए । गएको कात्तिकमा बेमौसमी वर्षाका कारण कृषिमा भएको क्षतिको क्षतिपूर्ति प्रदान गर्ने काम अघि बढेको उनको भनाइ छ । साथै प्रधानमन्त्री देउवाले किसानलाई मलरबीउको कमी हुन नदिन सरकारले हरसम्भव प्रयत्न गरिरहेको दाबी समेत गरे ।

प्रधानमन्त्री देउवाले अबको एक वर्षभित्र तीन वटै तहको चुनाव गर्ने प्रतिवद्धता समेत जनाए  । उनले अबको एक वर्षभित्र पालिका, प्रदेश र प्रतिनिधिसभाको चुनाव हुने भन्दै त्यसका लागि तयारीमा जुट्न सम्बन्धित निकायलाई आग्रह गरे । देउवा गएको असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

सरकार गठनको ६ महिना पुगेको अवसरमा आज प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गरेका हुन् । 

-उज्यालो अनलाइनबाट 

प्रकाशित मिति: शुक्रबार, माघ ७, २०७८  १७:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update