Sagun Khabar
प्रधानमन्त्री देउवाको आह्वानमा सर्वदलीय बैठक बस्दै

काठमाण्डौ – प्रधानमन्त्री शेरबहादुर देउवाले आज सर्वदलीय बैठक बोलाएका छन् ।  

बालुवाटारमा बिहान साढे ९ बजेका लागि सर्वदलीय बैठक बोलाइएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

बैठकमा संसद्को गतिरोध अन्त्य, पालिका तह चुनाव लगायतका विषयमा छलफल हुने बुझिएको छ । यसअघि पुस ४ गतेको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी भएको थिएन । 

त्यसपछि प्रधानमन्त्री देउवाले पुस २४ गते एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उनकै निवास बालकोट पुगेर भेटेका थिए । 

एमालेले आफूले कारबाही सिफारिस गरेका १४ सांसदलाई सभामुख अग्निप्रसाद सापकोटाले कार्यान्वयन नगराएको भन्दै संसद् अवरुद्ध गर्दै आएको छ ।

-उज्यालो अनलाइनबाट 

प्रकाशित मिति: शनिबार, माघ ८, २०७८  ०७:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update