Sagun Khabar
चाउमीन उधोगबाट लाखौंको आम्दानी

बैतडी–बैतडीको पाटन नगरपालिका ६ लामाखेतका ३३ वर्षिय चक्रराज पन्तले स्थानिय स्तरमै चाउमीन उत्पादन गरेर वार्षिक लाखौं आम्दानी गर्ने गरेका छन  । स्थानीय स्तरमै चाउमीन उत्पादन गरेर बार्षिक ६–७ लाख बढी बचत गर्ने गरेको पन्तले बताए ।

कुनै बेला रोजगारीको लागि विदेश गएका पन्त परिश्रम गरेर अहिले अरूलाइ रोजगारी दिने हैसियतमा पुगेका छन । करिब १२ लाखको लगानीमा सञ्चालमा ल्याएको प्रतिक्षा चाउमिन उद्योगमा आफू, श्रीमती र एक जना कामदारलाई समेत रोजगारी दिएर काम गरिरहेको चाउमीन उधोग सञ्चालक पन्तले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

आफुले उत्पादन गरेको चाउमीन स्थानीय  बजार पाटन,सतबाँझ,गोठलापानी,खोचलेक लगायतका बजारमा मोटरसाइकलमा आफैले बिक्री गर्ने गरेको पन्तको भनाइ छ । आज भन्दा झण्डै १० बर्ष अगाडी रोजगारीका लागी भारत लगायत खाडि मुलुक पसेका पन्त विदेशका संघर्ष सम्झिदा अहिले पनि भक्कानिन्छन । 

विदेशबाट विदामा घर फर्केका बेला आफन्त साथिभाइले पन्तलाइ आफ्नै देशमा केही गर्न सुझाव दिए पछि विदेशको भिसा समेत त्यागेर स्वदेशमा केही गर्न सुरू गरेका थिए । अहिले आफ्नो पेसाबाट सन्तुष्ट रहेको र परिवार सगै रमाउदै काम गर्दा फरकै आन्नद रहेकोमा उनी खुसि छन । श्रीमान संगै दुख सुख साट्दै काम गर्न पाउदा आफु पनि खुसि रहेको पन्तकि श्रीमती कमला पन्तले बताइन् ।

 आफु संग कामगर्ने इच्छाशक्ति भएपनि स्थानीय सरकार देखि संघ सरकारले कुनै सहयोग नगरेको उनिहरूको गुनासो छ । बेलाबेलामा विद्युत नभएर उधोग नै ठप्प हुन्छ । विद्युत नहुदा काम ठप्प हुने भएकोले पाटन नगरपालिकालाइ विद्युतको व्यवस्थापन मिलाइदिन र स्थानीय सरकारलाइ अनुदानमा जेनेरेटरका लागी पटक पटक आग्रह गर्दा पनि कसैले नसुनेको उनिहरूको  गुनासो छ  । 

विदेशमा भौतारिदै गरेका युवाहरूले स्वदेशमै काम गरेर यसरी रोजगारी सृजना गर्नु धेरै राम्रो काम हो । यसरी गरिखाने युवा वर्गलाई राज्यले अनुदान लगायत सेवा सुविधा दियो भने पक्कै युवाहरूको यस्ता काममा आकर्षण बढनेछ । त्यसैले समयमै सम्बन्धित निकायको रोजगारी सृजना लगायत ,युवाहरूको कामको मुल्यांकनमा ध्यान जावस ।
 

प्रकाशित मिति: शनिबार, माघ ८, २०७८  १४:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update