Sagun Khabar
आईपीएल क्रिकेटको अक्सनका लागि नेपालका १५ जना खेलाडीको नाम दर्ता
फाइल तस्बिर

आउँदो अप्रिलदेखि सुरु हुने इन्डिन प्रिमियर लिग क्रिकेट आईपीएलको मेगा अक्सनको लागि नेपालका १५ जना खेलाडीले नाम दर्ता गराएका छन् । नाम दर्ताको लागि तोकिएको अन्तिम दिन अस्ति बिहीवारसम्म एक हजार दुई सय १४ जना खेलाडीले नाम दर्ता गराएका थिए ।

जसमध्ये ८ सय ९६ भारतीय र ३ सय १८ भारत बाहिरका खेलाडीहरु रहेकाे आईपीएलले जनाएकाे छ । जसमा १५ जना नेपाली खेलाडी रहेका छन् । नाम दर्ता गराएका नेपाली खेलाडीको नाम उल्लेख छैन ।

नेपाल क्रिकेट संघ क्यानले पनि अहिले खेलाडीको नाम सार्वजनिक गर्न नमिल्ने जनाएको छ । आईपीएल खेल्नको लागि सबैभन्दा धेरै अष्ट्रेलियाबाट ५९ जना खेलाडीले नाम दर्ता गराएका छन् । खेलाडी किनबेच अर्थात अक्सन आउँदो फेब्रुअरीमा हुनेछ । आईपीएलमा यसपटक लखनउ र अहमदावादका दुई टोली थपिएपछि क्लबको संख्या १० पुगेको छ ।

#उज्यालो # 

प्रकाशित मिति: शनिबार, माघ ८, २०७८  १५:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update