Sagun Khabar
एमाले अध्यक्ष ओलीलाई कोरोना सङ्क्रमण

काठमाण्डौ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना भाइरस सङ्क्रमण  पुष्टि भएको छ । उनकी श्रीमती राधिका शाक्यलाई पनि सङ्क्रमण  पुष्टि भएको छ ।

एन्टीजेन परीक्षण गर्दा पोजेटिभ देखिएपछि ओली दम्पतिले पीसीआर परीक्षण गरेका थिए । पीसीआर गर्दा पोजेटिभ देखिएपछि उनीहरु अहिले आफ्नै निवासमा आइसोलेशनमा बसेका ओलीको निजी सचिवालयले जनाएको छ।

स्वास्थ्य सन्देश
Atrya hospital

सचिवालयका अनुसार सङ्क्रमण  पुष्टि भएपछि पूर्वनिर्धारित कार्यक्रम स्थगित गरिएको छ ।

आज ओलीले गर्ने भनिएको पत्रकार सम्मेलन पनि रोकिएको छ । वर्तमान राजनीतिक र आर्थिक अवस्थाबारे एमालेको धारणा सार्वजनिक गर्न ओलीले पत्रकार सम्मेलन गर्ने भनिए पनि अब प्रेस विज्ञप्तिमार्फत धारणा सार्वजनिक गर्ने तयारी भएको एमालेले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, माघ ९, २०७८  ११:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update