Sagun Khabar
बैतडीबाट बेपत्ता भएकी बालिकाको उद्धार, भारत लैजान खोज्ने पक्राउ 

काठमाण्डौं –बैतडीबाट हराइरहेकी बालिकाको उद्धार गरिएको छ । माघ ७ गतेदेखि बेपत्ता भएकी बालिका वीरगञ्ज महानगरपालिका–१६ स्थित शंकराचार्य गेटमा फेला परेकी हुन् । 

भारत लैजान लागिएको अवस्थामा ती बालिकाको सोमबार उद्धार गरिएको पर्सा प्रहरीले जनाएको छ । ती बालिकालाई भारत लैजान खोज्ने अर्घाखाँची सन्धिखर्क–७ का २८ वर्षीय राजु अधिकारीलाई पक्राउ गरेको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए । 

ती बालिकासँग अधिकारी एक महिनाअघिदेखि फोन सम्पर्कमा थिए । फोनमै चिनजान गरी बालिकालाई अधिकारीले भेट्न बोलाएको प्रहरी अनुसन्धानबाट खु्लेको छ । अहिले बालिका माइती नेपालसँग छिन् । 

प्रकाशित मिति: बुधबार, माघ १२, २०७८  १२:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update